७ बैशाख २०८१, शुक्रबार

अकस्मात यसरी आयो अग्नि सापकोटाको नाम


अग्नि सापकोटा

माघ ८,काठमाडौं । बजारको अनुमान छ – सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पाखुरै सुर्किएर आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराई छाडेका छन् । तर, वास्तविकता फरक रहेछ, आइतबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा उनले अग्निको ‘अ’ पनि भन्न पाएनन् ।

प्रचण्ड, माधव नेपाल, वामदेव गौतम तिर पालैपालो हेर्दै प्रधानमन्त्री केपी ओलीले सानो स्वरमा भने, ‘तपाईंहरु सबै एक भएर आउनुभयो ! अब म के भनौँ ।’ यदि आफ्नो पूर्वपार्टीको घेराबन्दी र चरम दबाबमा नपरेको भए प्रचण्ड आफै पनि ‘भगौ त सुवासजीलाई नै गरौँ’ भन्नेमा पुगिसकेका थिए ।

तर, त्यसमाथि भैँसेपाटी गठबन्धनले सभामुख जो भए पनि प्रस्तावक प्रचण्ड हुनुपर्छ भन्ने बल उनलाई दिइसकेपछि प्रधानमन्त्रीले सचिवालय बैठकमा धेरै केही बोलेनन् । भैँसेपाटी गठबन्धनका नारायणकाजीबाहेक चार भाइचाहिँ प्रचण्डनले सभामुखको नाम फ्याटै भनिहाले भन्नेमा थिए ।

तर, केपी ओलीले त्यो मौका नै दिएनन् र भने ‘अग्नि सापकोटा’ । यसरी अग्निको नाम ओलीको मुखबाट प्रस्तावित भयो । त्यसमा ‘हुन्छ हुँदैन’ भन्ने प्रश्नै उठेन । प्रस्ताव पारित भयो । बैठक सकियो । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !