११ बैशाख २०८१, मंगलबार

कांग्रेसले पुष्पा भुसाललाई सभामुखको उम्मेदवार बनाउँदै


पुष्पा भुसाल

माघ ६, काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पदमा पार्टी केन्द्रीय सदस्य र संसदीय दलको सचेतक रहेकी सांसद पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि शिवमाया तुम्बाहाङ्फेसँग उसपभामुखमा प्रतिष्पर्धा गरेकी भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको स्रोतको दावी छ ।

नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाएसँगै काङ्ग्रेसको पनि संसदमा सभामुख निर्वाचनको प्रक्रिया सुरु भएपछि संसदीय दलको बैठक बसेर औपचारिक निर्णय गर्ने तयारी छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखको उम्मेदवार उठाउने तयारीमा कांग्रेस रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !