७ बैशाख २०८१, शुक्रबार

राप्रपाको केन्द्रीय कार्य समितिको पूर्ण बैठक काठमाडौँमा बस्ने


काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको पूर्ण बैठक यही माघ १७ गतेदेखि काठमाडौँमा बस्ने भएको छ । आगामी जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा समेत छलफल हुने उक्त बैठकमा समान विचार भएका पार्टीसँगको एकता, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ जानकारी दिनुभयो ।

प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक विषयमा प्रतिवेदन प्रस्तुत गर्नु हुने छ भने बैठकमा सहभागी नेताले राजनीतिक प्रतिवेदन टिप्पणी, सुझाव परिमार्जन गरिने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !