७ बैशाख २०८१, शुक्रबार

सभामुखमा पूर्वमाओवादीले आत्मसमर्पण नगर्ने


पुस १६, काठमाडौं । सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद रहेको छ । पूर्व एमालेका नेताहरुको साथ पाएपछि अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग पूर्वमाओवादीबाटै सभामुख पाउनुपर्ने अडान राखेका छन् । पूर्व एमालेका वरिष्ठ नेताहरुले पनि पूर्वमाओवादीले नै सभामुख पाउनुपर्ने दाहालको अडानमा साथ दिएको स्रोतले बतायो ।

सभामुखका विषयमा मङ्गलबार दुई अध्यक्षबीच् भएको भेटमा दाहालले सभामुख पद पूर्वमाओवादीलाई नै दिनुपर्ने अडान राखेको उच्च स्रोतले बतयो । प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन प्रयास गरेका थिए । तर दाहालले इन्कार गरेको स्रोतले बतायो ।

‘राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष जस्ता महत्त्वपूर्ण सबै पद पूर्वएमालेले लिएका बेला सभामुख पनि पूर्वएमालेलाई दिँदा आत्मसमर्पण गरेको जस्तो हुन्छ,’ पूर्वमाओवादी सम्बद्ध नेकपाका एक स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने, ‘पूर्व एमालेका वरिष्ठ नेता पनि यस विषयमा कन्भिन्स हुनुहुन्छ । अध्यक्ष दाहाल सभामुख पद छोड्ने पक्षमा हुनुहुन्न ।’ सरकारमा समेत पूर्वमाओवादीको तेस्रो स्थानमात्र रहेको ती सदस्यले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !