८ बैशाख २०८१, शनिबार

सभामुख चयनमा प्रचण्डले यस्तो अडान लिएपछि पुर्वएमालेहरुमा ठुलो झड्का


prachanda-and-kp-oli-

१० पुस, काठमाडौं । सभामुख चयन गर्नको लागि नेकपालाई निकै सकस भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डवीच केहि दिन अगाडीदेखि छलफल गरेपनि चयन गर्न सकेका छैनन् । ओलीले पुर्व सभामुख तथा संसदीय दलमा उपनेतासुवास नेम्वाङलाई सभामुख बनाउने अडान लिएका छन् । तर प्रचण्डले भने मानेका छैनन् ।

यस विषयलाई लिएर बरिष्ठ नेताहरुले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिन थालेका छन् । प्रचण्डले सभामुख कसलाई बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडान राखेका छन् । सभामुखमा यसअघि पनि तत्कालीन माओवादीको भागमा परेको थियो त्यसैले प्रचण्डले अबको सभामुख पनि आफूले प्रस्ताव गर्ने बताएका छन् ।

सभामुख नछाड्न प्रचण्डलाई पूर्वमाओवादीहरुको दवाव छ । ओली पक्षले भने पार्टी एक भइसकेको अवस्थामा पूर्वसमूह भनेर भागबण्डा नहुने बताइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !