८ बैशाख २०८१, शनिबार

नेकपामा राष्ट्रपतिको राजनीति, नेताहरु राष्ट्रपति निवास पुगेपछि प्रचण्ड निरास


प्रचण्ड

६ पुस, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको घटनाले नेकपा बैठकमा नेताहरूबीच भनाभनसमेत भएको छ ।

राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा। युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी नगरिकन नेताहरु राष्ट्रपति निवास गएपछि प्रचण्डले यस विषयमा आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘राष्ट्रपतिलाई भेट्न जादा अध्यक्षलाई जानकारी गराउनु पर्छ की पर्दैन ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !