७ बैशाख २०८१, शुक्रबार

नयाँ सभामुख चयनको प्रक्रिया एक हप्तापछि शुरु हुने


Parliament of Nepal संसद्

४ पुस, काठमाडौं । प्रतिनिधिसभाले सभामुख पाउन अझै एक हप्ता लाग्ने भएको छ । आज शुक्रबार शुरु हुने संसदको बैठक कम्तीमा ७ दिन स्थगित गर्ने तयारी छ । यसबीचमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया शुरु हुने नेकपा स्रोतले जनाएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सं‌सदको अर्को बैठक पुस ११ गते शुक्रबार दिउँसो १ बजे बस्ने समेत तय गरेको छ । उक्त बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !