१३ बैशाख २०८१, बिहिबार

सभापति देउवा किन पुगे नेता पौडेल निवास बोहोराटारमा


मंसिर २८, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पुगेका छन् । पार्टीमा देखिएको विवादबारे छलफल गर्न देउवा र उपसभापति विमलेन्द्र निधि आज पौडेल पुगेका हुन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवा पार्टीभित्रको पछिल्लो परिस्थितिका बारेमा छलफल गर्न पौडेल निवास बोहोराटार पुगेका जानकारी दिए ।

पौडेल पक्षले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबेगर पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने प्रस्ताव गर्न लागेको भन्दै बहिस्कार गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !