६ बैशाख २०८१, बिहिबार

कार्यकारी अध्यक्षको अधिकार पाएपछि प्रचण्ड सक्रिय, ६ महिने कार्ययोजना ल्याउँदै


२३ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी कामको ६ महिने रुपरेखा तयार पारेका छन् । यससम्बन्धी प्रस्ताव सोमबार बस्ने सचिवालय बैठकमा पेस गर्ने उनको तयारी छ । उनले यसका लागि पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य शीर्ष नेतासँग छलफल चलाएका थिए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो बस्ने बैठककमा प्रधानमन्त्री ओली भने सहभागी नहुने महासचिव विष्णु पौडेलले बताए । ४ मंसिरको सचिवालय बैठकले कार्यकारी अध्यक्ष तोकेपछि दाहालले शीर्ष नेतारुसँगकै परामर्शमा ६ महिनाका लागि पार्टी कामको रुपरेखा तयार पारेको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा बताए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !