११ बैशाख २०८१, मंगलबार

समृद्धिका लागि पाँच आधार तय


ishor

मंसिर २०, ललितपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिका लागी ५ आधार तय भएको बताएका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा बोल्दै कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको पोखरेलले बताए ।

उपप्रधानमन्त्री पोखरेलले सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी गरिने बताए । ‘ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ,’ पोखरेलले भने । राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरु पनि विकासका लागि एकजुट भएर लाग्नुपर्ने पोखरेलको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !