८ बैशाख २०८१, शनिबार

कास्की-२ मा विद्या भट्टराई बिजयी


विद्या भट्टराई

१५ मंसीर, कास्की । कास्की-२ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा बिजयी भएकी छन् । भट्टराईले ८४०३ मतान्तरले चुनाव जितेकी हुन् । विद्याको जितसँगै पोखरामा नेकपा नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका छन् ।

भट्टराईले २४३९४ मत प्राप्त गर्दै विजयी भएकी हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५९९१  मत प्राप्त गरे । कूल ७१८७१ मतदाता रहेको कास्की-२ मा ४५५६३ मत खसेको थियो ।

यस्तै गरी समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुरुङले १९२२, राप्रपाका उम्मेदवार राेमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९४२ मत प्राप्त गरेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !