चितवनका ३ वटै वडामा कांग्रेस विजय

चितवनका ३ वटै वडामा कांग्रेस विजय

१५ मंसिर, काठमाडौं । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा वडाध्यक्ष पदमा भएको निर्वाचनमा तीनवटा वडामै कांग्रेसले जित हात पारेको छ । यसअघि एमालेले एक्लैले जितेका वडामा यो चुनावमा हो भने नेकपाका सबै उम्मेदवारहरुले पराजय भोगेका छन् ।

भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका अमृतराज हमालले नेकपाका उम्मेदवारलाई ३०८ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका छन् । अमृतराजले ३१८३ मत प्राप्त गरे भने भक्तराज ले २८७५ मत प्राप्त गरे । यस वडामा तत्कालीन नेकपा एमालेवाट विजय भएका चतुरमान गुरुङको गत असोजमा क्यान्सर रोग लागेका कारणले निधन भएको थियो ।

खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतले नेकपाका बेदबहादुर अधिकारीलाई १५२ मतले पराजित गर्दै विजय भएका छन् । खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।