११ बैशाख २०८१, मंगलबार

कृष्णबहादुर महराको सुनुवाइ मुख्य न्यायाधीश सुवेदीको इजलासमा


६ मंसिर, काठमाडौं । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास अभियोगमा पक्राउ परेका कृष्णबहादुर महराले दर्ता गराएको निवेदनको सुनुवाइ पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ ।

महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएको निवेदन शुक्रबार मुख्य न्यायाधीश सुवेदीको इजलासमा पेस भएको हो । काठमाडौं जिल्ला अदालतको आदेशमा महरा अहिले पुर्पक्षका लागि डिल्ली बजार कारागारमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !