१३ बैशाख २०८१, बिहिबार

वीना मगरको कारण मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई


Bina Magar

कार्तिक ३, काठमाडौँ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन एमाले र माओवादी तर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन ढिला हुने भएको छ । मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि आज मंगलबार पनि दुई शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ ।

सहमति नजुट्नुको मुख्य कारण आफू निकटस्थ र आफन्तको संरक्षण कसरी भन्ने नै हो कारण नै मूल रहेको बुझिएको छ । पूर्वमाओवादी समूहबाट मन्त्री बनेकी खानेपानी मन्त्री वीना मगरका विषयमा सोमबार दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा पुनर्गठनमा ढिलाइ भएको बालुवाटार स्रोतको भनाइ छ । छलफलमा ओलीले मगरलाई हटाउने, मन्त्रालय फेर्ने वा उनलाई मन्त्रिपरिषदवाट झिक्दा दाहालले प्रस्तावित गरेका पूर्व एमालेतर्फका एक मन्त्रीलाई झिक्ने सम्मका प्रस्ताव गरेपनि दाहाल सहमत नभएको स्रोत बताउँछ । मंगलबार फेरि छलफल गर्ने भन्दै दाहाल बालुवाटारबाट बाहिरिएका थिए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तत्कालीन माओवादी तर्फबाट मन्त्री बनेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानी मन्त्री विना मगरको सट्टा नयाँ मन्त्री नियुक्ति गर्न चाहेका छन् । उनी पूर्वएमालेबाट पनि महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकर्मा, भूमिसुधार मन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमध्ये केही मन्त्रीलाई पदमुक्त गर्ने योजनामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !