१२ बैशाख २०८१, बुधबार

आफू अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारोमा नपार्ने अर्थमन्त्रीको दावी


डा. युवराज खतिवडा

१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आठौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफू अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारो हुने गरी अर्थतन्त्रमा असर पर्ने काम नगर्ने बताएका छन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले राजश्व संकलन नबढाउने हो भने खर्च सञ्चालन गर्न ऋण लिनु पर्ने र त्यो दीर्घकालीन रुपमा जोखिमपूर्ण हुने बताए ।

करको दायरा बढाएर अर्थमन्त्री अलोकप्रिय बने भन्ने टिप्पणी हुने गरेको स्वीकार्दै मन्त्री खतिवडाले परिवर्तित परिदृष्यमा केही अन्यौल हुनु स्वाभाविक भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !