८ बैशाख २०८१, शनिबार

५ वर्षमा भारत र १० वर्षमा चीनलाई भेट्टाउँछौं : नेता गौतम


बामदेव गौतम

३० कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले नेपालको विकास र समृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई भेट्टाउने दाबी गरेका छन् । शनिबार नेकपा सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले छिमेकी देशको आर्थिक विकासलाई भेट्टाउने गरी विकासको गतिमा अघि बढेको बताएका हुन् ।

जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ । ५ वर्षसम्म राम्रोसँग काम गर्न पायौ भने ५ वर्षमा भारतलाई हामीले छुन्छौ । १० वर्षमा चीनलाई छुन्छौं, उनले भने । समाजवाद निर्माण गरेर देखाउने र कसरी समाजवाद निर्माण भयो भनेर संसारका सबैले हेर्ने उनको दाबी छ । युवा संघ जुझारु युवाहरुको संगठन भएको भन्दै उनले खिएको जिम्मेवारी पुरा नगर्नेलाई पद छोड्न निर्देशन दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !