१२ बैशाख २०८१, बुधबार

हिन्दूराष्ट्र पूनःस्थापनाको लागि राप्रपा (संयुक्त) ले धार्मिक जागरण यात्रा गर्ने


काठमाडौं, २६ कात्तिक । नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले सुरु गर्न लागेको धार्मिक यात्रा नेपालको पहिचान कायम गर्नको लागि हुने बताए । नेपाललाई हिन्दूराष्ट्र बनाउको लागि संविधानलाई संशोधन गरिनुपर्नेपनि आफूहरुको माग रहेको उनले सुनाए ।

लोहनीले आफूहरुले अघि सारेको माग पूरा नभएसम्म अभियान जारी रहने पनि विश्वास दिलाए। संविधान जारी गर्नुपुर्व सांसदहरुमार्फत गरिएको २ लाख प्रश्नावलीसहितको हस्ताक्षर अहिलेसम्म सरकारले किन सार्वजनिक नगरेको भन्दै उनले प्रश्न गरे । उनले भने,‘विदेशीहरुको स्वार्थबाट प्रेरित भएर नेपालको मौलिक पहिचान मेटाउने काम भयो । हाम्रो पार्टी सशक्त भएर हिन्दूराष्ट्र पूनःस्थापनाको लागि निरन्तर संघर्षमा रहन्छ ।’
लोहनीले लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग भएको सुनाउँदै सरकारले भारतसँग मित्रतापूर्वक कुटनीतिक पहल गर्दै समस्याको समाधान गर्नुपर्ने सुझाव पनि दिए । उनले १८२६ देखिका प्रमाणहरु पेश गर्दै भारतसँग नेपालले कुरा गर्नुपर्ने पनि धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !