११ बैशाख २०८१, मंगलबार

समाजवादी–राजपा एकताः हात्ती आयो हात्ती आयो फुस्सा !


२० कात्तिक, काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्काल एकता नहुने भएको छ । एकताका लागि दुबै दलका शीर्ष नेताबीच औपचारिक अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन ।

दुबै दल एकीकरण गरेर वैकल्पिक पार्टीका रुपमा स्थापित गर्ने उद्देश्य समाजवादी र राजपाले लिए पनि पदीय भागबण्डामा पुगेर प्रक्रिया रोकिएको बताइएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टी एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘जनता र कार्यकताएको चाहनाअनुसार दुबै पार्टी एकता गरेर एउटै पार्टी बनाउन वार्ता सकारात्मकरुपमा अगाडि बढिरहेको छ ।’

कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्तिका रुपमा पार्टी एकता गर्न लागेको बताउँदै यादवले शीर्ष तहमा लगातार छलफल भइरहेको बताउनुभयो । एकतामा समाजवादी पार्टीभित्र ठूलो विवाद नरहे पनि राजपाभित्र विवाह रहेको बताइएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !