७ बैशाख २०८१, शुक्रबार

नेकपाले टुंगो लगायो सातै प्रदेश प्रमुखको नाम


meeting

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको महासचिव विष्णु पौडेलले बताए । ‘कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकार र राष्ट्रपतिले निर्णय गर्नुहुन्छ,’ उनले भने । सोमबार नै बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्तिसम्बन्धी निर्णय गर्ने बुझिएको छ । प्रदेश प्रमुखलाई संघीय सरकारको प्रतिनिधिको रुपमा लिइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !