१२ बैशाख २०८१, बुधबार

नेकपाले टुंगो लगायो उपनिर्वाचनका लागि उम्मेदवार, क–कसले पाए टिकट ?


नेकपा सचिवालय बैठक

१७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराई र बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । विद्या भट्टराई कास्की २ मा सोही क्षेत्रबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

त्यस्तैगरी प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् । धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !