८ बैशाख २०८१, शनिबार

राप्रपाले टुंगो लगायो उपनिर्वाचनका लागि उम्मेदवार, कहाँ को ?


१७ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं. २ मा रोम बहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । भण्डारी पार्टीका केन्द्रीय सदस्य हुन् । यसैगरी प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । भक्तपुर १ (क) को हकमा भने यथाशिघ्र उम्मेद्वारको टुंगो लगाइने भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !