१३ बैशाख २०८१, बिहिबार

कास्की २ मा उपनिर्वाचनका लागि कांग्रेशवाट क-कसको नाम सिफारिस ?


Nepali-congress-Centre-office-Sanepa

१० कात्तिक, काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि नेपाली कांग्रेशवाट धेरै नेताहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । आगामी मङ्सिर १४ गते हुने निर्वाचनका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् ।

कास्की जिल्लाले अघिल्लो चुनावमा रविन्द्र अधिकारीसँग पराजित भएका नेता देवराज चालिसेसहित खेमराज पौडेल, सोभियतबहादुर अधिकारी, लक्ष्मी पाण्डे, ऋषि काफ्ले, वीरेन्द्रनारायण बिजुक्छे, गुरुप्रसाद बराल, बिमला भण्डारी, खेमकुमारी बराल, महादेव गुरुङ, कृष्ण कार्की, निर्मलप्रसाद कर्माचार्य, केशर निर्दोषी, रङ्गीला आचार्य, विजयराज आचार्य र मधु बाँस्तोलाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्र खाली भएका थिए । नेकपाले भने उक्त क्षत्रको निर्वाचनको लागि रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेर पार्टी केन्द्रमा सिफारिस गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !