१३ बैशाख २०८१, बिहिबार

प्रचण्डलाई बाबुरामको प्रश्न- तपाई डुप्लिकेट कम्युनिष्ट हो ?


prachanda nad baburam

९ कात्तिक, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डलाई एक प्रश्न गरेका छन् । प्रचण्डले शुक्रबार एक कार्यक्रममा आफु ओरिजनल माओवादी नभएको बताएसँगै भट्टराईले प्रचण्डमाथि ओरिजनल माओवादी नभए डुप्लीकेट माओवादी हो ? भनेर प्रश्न गरेका छन् । उनले प्रचण्डको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने ? भनेर पनि प्रश्न गरेका छन् ।

डा. भट्टराईले प्रचण्डलाई केही प्रश्न’ भन्दै ट्वीटरमा लेखेका छन्, ‘तपाई ओरिजनल माओवादी नभए के तपाई डुप्लीकेट माओवादी हो ? यो तालले त कुनै दिन तपाईले आफूलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला । किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो । पुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन । आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !