१३ बैशाख २०८१, बिहिबार

सभामुखको निर्वाचन हुन उपसभामुखले राजीनामा दिनुपर्ने : देव गुरुङ


३ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताएका छन् ।

एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेकाले सभामुखको निर्वाचनबारे टीकाटिप्पणी गरिरहने नमिल्ने गुरुङले बताए ।

गुरुङले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको पनि बताए । ‘संविधानले सभामुख र उपसभामुख दुई पद फरक/फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ,’ गुरुङले भने, ‘यस्तो अवस्थामा दुवै पद खाली नभई सभामुखको निर्वाचन गर्न मिल्दैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु