१२ बैशाख २०८१, बुधबार

विप्लवका दाजु चन्द्रबहादुर चन्दसहित २१ पक्राउ


३० असोज, काठमाडौं । विप्लव समूहको राप्ती ब्युरो बैठकवाट मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्दसहित २१ जना पक्राउ परेका छन् । चन्द्रबहादुर पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाजु हुन् । प्रहरीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो ।

बैठकवाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको प्रदेश प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले बताए । चन्द्रबहादुरसँगै पक्राउ पर्नेहरूमा केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इञ्चार्ज सुवास बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीलगायत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !