८ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारी बुधबार म्यानमारको भ्रमणमा जाने


२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् । म्यानमारका समकक्षी विन माइन्टको निमयन्त्रणमा पाँच दिने भ्रमणमा राष्ट्रपति भण्डारी जान लागेकी हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्ब्धबारे कुराकानी गर्नेछिन् । राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने छन् । भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत जानेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !