७ बैशाख २०८१, शुक्रबार

दुई दिने नेपाल भ्रमणमा आएका सीको सुरक्षा व्यवस्थाप्रति गृहमन्त्रीको प्रशंसा


चिनियाँ राष्ट्रपतिको काठमाडौंमा सवारी 5

२७ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सोमबार गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीसँगको बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणका क्रममा गरिएको सुरक्षा व्यवस्थाको प्रशंसा गरेका छन् ।

गृहमन्त्री थापाले सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निर्वाह गरेको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल भएको टिप्पणी गरे । गृहमन्त्री थापाले सी को भ्रमणका क्रममा प्रदान गरेको सुरक्षाले नेपालको सुरक्षा व्यवस्था विश्वस्तरमै राम्रो रहेको सन्देश प्रवाह भएको पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !