, कृष्णबहादुर महरा सांसद पदवाट निलम्बित

कृष्णबहादुर महरा सांसद पदवाट निलम्बित

२३ असोज, काठमाडौं । संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहारको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सांसद पदवाट निलम्बित गरेका छन् । यौन दुर्व्यवहारको आरोपपछि सभामुख पदवाट राजीनामा थिएका थिए त्यस लगत्तै महरालाई पक्राउ गरेका थिए ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन् । सांसद पदवाट निलम्बित भएसंगै महराको सेवासुविधा पनि रोक्का हुनेछ । फौजदारी अभियोग लागेमा सांसद निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।