, प्रचण्ड निवासको दशैँ: प्रचण्डले टिका लगाएनन्, बुहारी बीना अनुपस्थित

प्रचण्ड निवासको दशैँ: प्रचण्डले टिका लगाएनन्, बुहारी बीना अनुपस्थित

२२ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकी श्रीमती सिता दाहालले आफ्नो दुई छोरी रेणु दाहाल र गंगा दाहाल र नातिनातिनाहरुलाई दशैँमा टिका लगाई दिएकी छन् । अघिल्लो वर्ष छोरा प्रकाश दाहालको निधनका कारण उनीहरुको परिवारले टिका लगाएका थिएनन् ।

दशैँको टिका लगाउंदै गरेको तस्विरहरु छोरी गंगा दाहालले सामाजिक संजालमा पोष्ट गरेकी छन् । उक्त टिका ग्रहणमा बुहारी तथा खानेपानीमन्त्री विना मगर उपस्थित थिएनन् । प्रचण्डले २०७४ सालको दशैँमा टिका लगाएका थिए ।

तस्हविररु: गंगा दाहालको फेसबुकवाट