६ बैशाख २०८१, बिहिबार

बाबुराम र विप्लव नेकपाकै गाडीमा, ११ नेताका गाडी नेकपाको सम्पत्ति


१७ असोज, काठमाडौं । गाडी अन्य पार्टीका नेताहरुले चढिरहेका छन् । तर सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । नेकपाले प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि कन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत उल्लेख छ ।

तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ लाई बुझाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !