८ बैशाख २०८१, शनिबार

संसदमा सभामुखको राजीनामाको सूचना टाँसियसँगै सभामुखको पद रिक्त


१५ असोज, काठमाडौं । एक महिलामाथि यौनदुर्व्यहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । यो सूचनासँगै सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् ।

महराले मंगलबार उपसभामुख तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !