१३ बैशाख २०८१, बिहिबार

काँग्रेसको प्रश्न : सभामुखले राजीनामा दिएको हो या कार्यवाहक ?


१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बलात्कार प्रकरणमा मुछिएका कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको हो वा कार्यबहाक दिएको भन्दै प्रश्न गरेको छ ।

आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको छानविन गर्न एक बर्ष लाग्यो भने त्यतिवेलासम्म संसद एक बर्षसम्म सभामुखविहीन भएर बस्ने ? भन्दै प्रश्न गरे ।

‘छानविन प्रकृया टुगिसकेपछि एक किसिमको फैसला आउला । त्यसपछि उहाँलाई कारवाही गर्ने वा आपसी हुने भन्ने अधिकार नोपलको कानुनले गर्ने हो वा उहाँ आफैले गर्ने हो ?’ प्रवक्ता शर्माको भनाई छ ।

शर्माले महराले राजीनामामा प्रयोग गरेका शव्दहरु हेर्दा राजीनामा भन्दा पनि विदेश जाँदाजस्तो कार्यवाहक दिएको जस्तो देखिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !