१२ बैशाख २०८१, बुधबार

रविन्द्र अधिकारीको मृत्युपछि पर्यटन मन्त्रालयबाट किन बाँडियो २६ करोड ?


rabindra

६ असोज, काठमाडौं । तत्कालीन मन्त्री स्व. रवीन्द्र अधिकारी अधिकारीको निधनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयवाट २६ करोड ३५ लाख रुपैयाँ बाँडिएको छ । तत्कालीन मन्त्री रवीन्द्र अधिकारी अधिकारीको फागुन दोस्रो साता निधन भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयवाट ५२ संस्था र प्रतिष्ठानलाई २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको हो । विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको छ । काठमाडौं उपत्यकाका २९, झापाका २, बागलुङका ३, कास्कीका २, मोरङका १, कञ्चनपुरका २ लगायतका प्रतिष्ठानलाई यसरी रकम बाँडिएको थियो । यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !