१३ बैशाख २०८१, बिहिबार

कास्कीवाट निर्वाचन उठ्नु फेरि पराजित हुनु हो : बामदेव गौतम


बामदेव गौतम

४ असोज, काठमाडौं । बामदेव गौतम कास्की–२ बाट उपनिर्वाचन नलड्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्षसमेत गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका हुन् ।

उनी गत निर्वाचनमा बर्दिया १ मा काँग्रेस उम्मेद्वार सञ्जय गौतमसँग पराजित भएका थिए । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी हुँदा पनि आफू पराजित भएको भन्दै उनले भने,‘ त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु फेरि पराजित हुनु हो ।’ साथै उनले कास्कीमा स्थानीय नेताहरुलाई उठाउँदा सहज जित हुने विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !