७ बैशाख २०८१, शुक्रबार

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य


sf7df8f}F, # c;f]h -/f;;_ M /fi6«klt ljBfb]jL e08f/L g]kfnL sfªu|];sf ;efklt z]/axfb’/ b]pjf, u0f]zdfgl;+x tyf zxLb :d[lt zflGt k|lti7fgn] z’qmaf/ sf7df8f}Fdf cfof]lht ;+3Lo nf]stflGqs u0ftGq g]kfnsf] ;+ljwfg @)&@ g]t[Tjstf{ :j= k”j{ k|wfgdGqL z’zLn sf]O/fnfnfO{ d/0ff]k/fGt u0f]zdfg l;+x hgcfGbf]ng :j0f{ kbs lje’if0f Pj+ clegGbg sfo{qmddf ;xefuL x’Fb} . t:jL/ M /f]zg ;fksf]6f

४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई हेपेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले सरकारविरुद्ध कडा आक्रोश पोख्दा राष्ट्रपति भण्डारीले आफूले नबुझेको भन्दै व्यंग्यपूर्ण प्रतिक्रिया दिएकी थिइन् । ‘यो मञ्चमा वक्ताले बोलेको केही नबुझिने रहेछ, नेताहरूले जोसले बोल्नुभयो, ताली पनि बज्यो, के बोल्नुभयो भन्ने बुझिएन । कान राम्रो सुनिएन कि ?’ राष्ट्रपतिले देउवाको अभिव्यक्तिप्रति लक्षित गर्दै भनिन्, ‘अब मिडियाबाट थाहा पाइएला ।’

त्यसअघि देउवाले प्रतिपक्षसँग छलफलै नगरी संविधानविपरीतका प्रावधान राखेर विधेयकहरू ल्याएको भन्दै आक्रोश पोखेका थिए । सरकारमातहत राख्ने गरी मानव अधिकार आयोगसम्बन्धी विधेयक ल्याइएकोमा देउवाले असन्तुष्टि जनाएका थिए ।

‘हामीले रेलिङ भाँचेका छैनौं, संसद्मा कुर्सी तोडफोड गरेका छैनौं भनेर हामीलाई हेप्ने ?’ देउवाले भने, ‘बोल्न नपाउने गरी मिडिया काउन्सिल विधेयक ल्याएर सरकारले जनताको स्वतन्त्रता खोस्न खोजेको छ । संविधानको मर्मविपरीत सरकारले ल्याएका विधेयक हामी स्वीकार गर्दैनौं ।’ कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार एकलौटी ढंगबाट अघि बढेको र संविधान कार्यान्वयनमा गम्भीर नबनेको बताए ।कान्तिपुरमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !