८ बैशाख २०८१, शनिबार

तराई मधेशमा कालो दिवस मनाइरहँदा पार्टीका दुवै अध्यक्ष किन देश बाहिर ?


३ असोज, काठमाडौँ । आज संविधान दिवस मनाइरहेको छ भने अर्को तर्फ तराई मधेशमा यसको विरोधमा नाराजुलुस तथा कालो झण्डा प्रदर्शन भइरहेको छ । यसरी विरोध कार्यक्रमको अगुवाई गनुपर्ने बेलामा विरोधका कार्यक्रमहरु राख्ने राजनीतिक दलका कुनै पनि अहिले अध्यक्ष नेपालमा छैनन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा छन् भने राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव भारतमा छन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव असोज ५/६ गते हुने कार्यक्रमका लागि असोज १ गते नै अमेरिका पुगेका हुन् । संविधान दिवसको कार्यक्रमलाई छल्नकै लागि उनी चारदिन अगावै अमेरिका पुगेको बताइन्छ ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्वयम् संविधान दिवसको उपलक्ष्यमा ट्वीटर मार्फत शुभकामना दिएका छन् । भट्टराईले ट्वीटरमा भनेका छन्, ‘जनयुद्ध, मधेश आन्दोलन लगायतको बलमा नेपाली इतिहासमा पहलिो पटक सर्वभौम नेपाली जनताले संविधानसभाबाट संविधान जारी गरेकोमा गर्व गर्दै संघीयता, शासकीय स्वरुप, नागरिकता यी विषयमा अग्रगामी संशोधन गरेर संविधानलाई सबै जनताको साझा दस्तावेज बनाऔँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !