७ बैशाख २०८१, शुक्रबार

स्कुल विभाग कसले लिने विवाद उत्कर्षमाः तनावमा ओली–प्रचण्ड


prachanda_kp_oli

३० साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ । स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको बैठक असफल हुँदै आएको छ ।

दुई पार्टी एकीकरण गर्न सहमति जुटाउनुभएका अध्यक्षद्वयबीच स्कुल विभागको जिम्मेवारी बाँडफाँडलाई लिएर अविश्वास र आशंका समेत उत्पन्न भएको छ ।

नेकपाभित्र स्कुल विभागको प्रमुखको विषयलाई लिएर प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ । अध्यक्ष ओली सचिवालय सदस्य ईश्वर पोखरेलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने अडानमा हुनुहुन्छ भने प्रचण्ड सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने पक्षमा अडानमा रहनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !