१३ बैशाख २०८१, बिहिबार

संसद कार्यकक्ष पूरै रित्तो भएपछि सभामुख महराले बजाए ३ मिनेट घण्टी


साउन २३, काठमाडौं । प्रतिनिधिको आजको वैठकमा सभामुख कृष्णबहादुर महराले लगातार ३ मिनेट घन्टी बजाएका छन् । महराले कुनै देवीदेवताको पूजापाठ तथा आरती उतार्नका लागि सो घण्टी बजाएका भने होइनन् ।

विधेयक पास गर्ने बेला संसद कार्यकक्ष पूरै रित्तो भएपछि उनले गणपुरक संख्या पत्ता लगाउनका लागि घण्टी बजाएका हुन् ।

संविधानको धारा ९४ अनुसार कुनै पनि विधेयक पारित हुन संसदको कम्तिमा एक तिहाई संख्या ६९ हुनुपर्ने थियो । गणपूरक संख्या नपुगेपछि सभामुख महराले १५ मिनेटका लागि बैठक रोके ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !