१२ बैशाख २०८१, बुधबार

विधानविपरीत संरचना बनाउँदै कांग्रेस


Nepali-congress-Centre-office-Sanepa

२२ साउन, काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीक आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ ।

कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने व्यवस्था गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिम संस्थापन र इतर पक्षीय गुटले विधानविपरीत प्रादेशिक अन्तरिम संरचना गठनको समझदारी गरी कार्यायोजना तयार गरको हुन् ।

कांग्रेसले पुरानै संरचनालाई नयाँमा रुपान्तरण गर्ने गरी कार्ययोजना ल्याएको हो । प्रस्तावित कार्ययोजना केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरिनेछ । बैठकले कार्यायोजना पारित गरेपछि नेतृत्वको विवाद नरहेका स्थानमा पुरानै संरचनाले मान्यता पाउने भएका छन् । यो समाचार कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !