८ बैशाख २०८१, शनिबार

विप्लव माओवादीले कब्जा गरेको ४४ बिघा जग्गामा गाड्यो पार्टीको झन्डा


नेत्रविक्रम चन्द

१६ साउन, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले कैलालीमा ४४ बिघा जग्गा कब्जा गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको ४४ बिघा जग्गा कब्जा गर्दै आफ्नो पार्टीको झन्डा गाडेको छ ।

बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गा कब्जा गरेको भन्दै ब्यानर टाँसेको छ । तत्कालीन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरि विप्लव समूहले कब्जामा लिएको हो ।

विप्लव नेतृत्व पार्टीले स्थानी राजेन्द्र मल्ल र वीरबहादुर मल्लको घरसँगै रहेको ३५ बिघा जमिन, देवबहादुर मल्लको ८ बिघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा कब्जा गरेको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा दीपक ओलीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !