७ बैशाख २०८१, शुक्रबार

चन्दका दुई कार्यकर्ता पक्राउ


नेत्रविक्रम चन्द

तनहुँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द समूहका दुई स्थानीय नेतालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सदस्य नेत्रबहादुर थापा र युवा सङ्गठनका जिल्ला सचिव विष्णुकुमार श्रेष्ठ रहेको छ । थापालाई व्यास नगरपालिका–२ स्थित गणेशमान चोकबाट र श्रेष्ठलाई व्यास नगरपालिका–३ स्थित मालपोत लाइनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पक्राउ परेका दुवै कार्यकर्ताको साथबाट पार्टीका पर्चा पम्पप्लेटलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । विशेष सुराकीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !