६ बैशाख २०८१, बिहिबार

कांग्रेसमा चर्को विवाद, नियमावली पुनः समितिमै फर्काइयो


नेपाली काँग्रेस

१ साउन, काठमाडौं । नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ । सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएका छन् ।

अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता कृष्णप्रसाद सिटौलाले सस्यौदाविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए । त्यसलगतै सभापति देउवा पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिएको थियो ।

पाँच सदस्यीय मस्यौदा समितिमा देउवा इतरका केन्द्रिय सदस्य प्रदीप पौडेल र जीवन परियार सहभागी छन् । यो समाचार अन्नपूर्ण दैनिकमा नवीन झाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !