१३ बैशाख २०८१, बिहिबार

लोकमानमाथि आक्रमण, सर्वाेच्च परिसर भित्रै कालोमोसो दलियो


lokman

तारेख बुझ्न सर्वोच्च अदालत पुगेका लोकमानसिंह कार्कीलाई केहीबेर अघि एक व्यक्तिले अदालत परिसरमै कालो मोसो दलेका छन्। कार्कीले तारेख बुझेर हस्ताक्षर गर्नै लागेको बेला ती व्यक्तिले कार्कीको एउटा गालामा मोसो दलेका हुन्।

कार्कीलाई मोसो दलेपछि परिसरमा हल्लाखल्ला भएको थियो। वरिपरिका मानिसहरूले समात समात भनेपछि ती व्यक्ति भाग्न खोजेका थिए। करिब २० मिटर पर पुगेपछि उनलाई अदालतका प्रहरीले पक्राउ गरेका थिए। पक्राउ पर्दै गर्दा ती व्यक्तिले नेकपा माओवादी जिन्दावाद, हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारा लगाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंंह कार्कीलाई कालोमोसो दलेर झापड हान्ने दुई युवा विप्लव माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रहेको खुलेको छ ।

माओवादी स्रोतका अनुसार पक्राउपर्ने दुई युवाहरु प्रकाश शाही र चन्द्रबहादुर बुढा हुन् । दाङका शाही र रुकुमका बुढा दुबै अखिल क्रान्तिकारीका केन्द्रीय समिति सदस्य हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !