१३ बैशाख २०८१, बिहिबार

भारतीय दूतावासको पत्र लुकाइँदा लज्जित हुनुपर्‍यो : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी ओलीले ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै तरकारी तथा फलफूलमा विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र कर्मचारीहरुले लुकाइदिँदा आफू लज्जित हुनुपरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै कठोर कदम चाल्ने उल्लेख गरेका छन् । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ। भारतबाट आएको पत्र गोप्य राख्दा लज्जित हुनुपर्ने अवस्था आयो’, उनले भने, ‘मलाई झुक्याएकाले छानबिनपछि कारवाही थाल्छु। विभिन्न ठाउँमा कूटनीतिक प्रयास भइरहँदा पनि मलाई जानकारी नदिनुले लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु।’

विषादी प्रकरणमा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको पत्र कृषि तथा पशुपंक्षी मन्त्रालय हुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुग्दा पनि लुकाइएको थियो । यो पत्र आएकोबारेमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदाश बैरागी, कृषि सचिव र वाणिज्य सचिवलाई थाहा भएको खुलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !