१३ बैशाख २०८१, बिहिबार

गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ : मन्त्री राई


mohammad

नेपालगञ्ज, २२ असार । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताउनुभएको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण विनाश हुन नदिन सरकार सचेत छ भन्नुभयो ।

“नेपालगञ्जमा सडक तथा नाला निर्माणका क्रममा जसबाट गल्ती भएको छ, त्यो सच्याउने जिम्मा पनि उसैले लिनुपर्छ” मन्त्री राईको भनाइ थियोे ।

मन्त्रालयले नेपालगञ्जमा १० हजार रुखका बिरुवा रोप्ने तयारी भइरहेकाले यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरिने छ,उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, पत्रकार, राजनीतिक दलका पदाधिकारी, निर्माण व्यवसायी तथा सरोकारवाला पक्षको सहभागिता थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !