८ बैशाख २०८१, शनिबार

ओली सरकारले भ्रमणमै खर्चियो अढाइ अर्ब


KP oli k|wfgdGqL cf]nL :jb]z lkmtf{ k|wfgdGqL s]kL zdf{ cf]nL rLgsf] 5 lbg] cf}krfl/s e|d0f k”/f u/L cfOtaf/ :jb]z cfO{ k’Ug’x’Fbf lqe’jg cGt/f{li6«o ljdfg:yndf clejfbg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्चसमेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा यो रकम पुष नलाग्दै सकिइसकेको थियो ।

महालेखाका अनुसार पुस मसान्तसम्म भ्रमण खर्चबापत २ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । हालको राजस्व शीर्षक वर्गीकरणअनुसार भ्रमण बजेटलाई तीन भागमा खण्डीकरण गरिएको छ, भ्रमण, विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण तथा अन्य भ्रमण ।

यी तीनमध्ये शीर्षकमा यस वर्ष १ अर्ब ७२ करोड विनियोजन भएकोमा पुष मसान्तसम्म नै २ अर्ब १५ करोड खर्च भइसकेको थियो । यो समाचार आजको कारोबार दैनिकमा गजेन्द्र बुढाथोकीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !