१३ बैशाख २०८१, बिहिबार

आज पनि एमाले कार्यकर्ताको प्रदर्शन, विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुतला


andolan

काठमाडौं : सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरुद्धमा रहेको एमाले कार्यकर्ताहरु आज बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन्।

राजधानीका विभिन्न सरकारी क्याम्पसअगाडि समेत अनेरास्ववियुका कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। घन्टाघरमा रहेको त्रिचन्द्र कलेजअगाडि उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला जलाउनुका साथै सवारी आवागमनमा अवरोध गरेका छन्।

विद्यार्थीको प्रर्दशनलाई नियन्त्रण गर्न प्रहरीले राजधानीका क्यापसअगाडि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बुधबार पनि एमाले कार्यकर्ताको उग्र प्रदर्शनका कारण बानेश्वर सवारीसाधनमाथि तोडफोड भएको थियो। युवा संघ र अखिलले देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !