८ बैशाख २०८१, शनिबार

राजपामा एक व्यक्ति दुई कार्यकालमात्र अध्यक्ष प्रस्ताव


२५ जेठ, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको कुनै पनि समितिमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी समयसम्म रहन नपाउने प्रवाधान ल्याउने भएको छ ।

पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठन भएको विधान मस्यौदा तयारी समितिले तयार पारेको विधानमा ‘एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कुनै एक समितिको अध्यक्ष पदमा बस्न पाउने छैन’ भनी उल्लेख गरिएको छ ।

विधानमा पार्टीको केन्द्रीय कार्यसमिति १७१ सदस्यीय हुने व्यवस्था गरिएको छ । भने महाधिवेशनपछि एकजना अध्यक्ष मात्र रहनेछ । हाल विभिन्न छ जनाको अध्यक्ष मण्डल गठन गरेर पालैपालो अध्यक्ष हुने व्यवस्था छ ।

प्रस्तावित विधानमा उपाध्यक्ष सात जना, महासचिव तीन जना, सहमहासचि सात जना, कोषाध्यक्ष एक जना, सह कोषाध्यक्ष एक, प्रवक्ता तीन जना रहने व्यवस्था छ ।

नयाँ विधानमा पार्टीको सम्पूर्ण निकाय तथा संरचनामा निर्वाचित हुने पदहरू मध्ये ३३ प्रतिशत महिलाका लागि आरक्षित रहने विधानमा व्यवस्था पनि गरिएकोछ ।

३३ प्रतिशतमा महिलाको सहभागिताको सुनिश्चितता गरिएको छ । पार्टीका प्रादेशिक समितिका अध्यक्ष र भातृ संगठनका केन्द्रीय अध्यक्ष केन्द्रीयसमितिको आमन्त्रित सदस्य रहने बताइएको छ ।

केन्द्रमा विभिन्न १२ वटा समिति रहनुको साथै १९ वटा भातृ संगठन, १२ वटा विभाग र ११ वटा शुभेच्छुक संगठन रहने प्रस्तावित विधानमा व्यवस्था छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !