१३ बैशाख २०८१, बिहिबार

भारत र चीनका राष्ट्रपति नेपाल आउँदा सार्बजनिक विदा दिने सरकारको निर्णय


काठमाडौं—भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक विदा दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा अाउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमणबारे सरकारी तहबाट कुनै पहल भएको छैन। केपी ओली सरकारको पालामा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी सुरु गरिएको थियो। त्यतिबेला उनी असोजमा नेपाल अाउने भन्ने चर्चा थियो।

‘भारत परस्त जस्तो नदेखियवस् भनेर देखाउनलाई सरकारले भ्रमण तालिकामा नभए पनि चिनियाँ राष्ट्रपति अाउने दिन पनि सार्वजनिक विदा दिने क्लज राखेको हो’, एक एमाले नेताले भने, ‘चलाखीपूर्ण रुपमा निर्णय गरिएछ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !