६ बैशाख २०८१, बिहिबार

अख्तियार प्रमुख कार्की एक सातादेखि दुबईमा रहेको खुलासा


lokman singh karki

कार्तिक २, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की एक सातादेखि दुबईको शेख जायद रोडस्थित बिनथानी होटलमा रहेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार कार्की भोली नै नेपाल फिर्ता हुने तालिका रहेको छ । स्रोतले कुन विमानबाट कति बजे नेपाल फर्किने भन्ने बारे भने कुनै सूचना नभएको जानकारी दिएको छ ।

स्रोतका अनुसार नै कार्कीले दुबईमा रहादा दुबई मल पनि घुम्न गएको त्यहाँ कार्यरत नेपालीहरुले देखेको दाबि गरेका छन् ।

चार दिनको कार्यक्रमका लागि १० दिनको बिदा लिएर घटस्थापना अघि क्यानडा गएका कार्की हालसम्म देश बाहिर नै रहेका छन् । उनले राष्ट्रपति समक्ष थप १ण् दिनका लागि बिदा थप्न निवेदन दिएका थिए । अदालतले म्याद तामेल गरिसकेकाले मुद्दाको प्रकृया अघि बढाउन उनी देशमा रहे/नरहे पनि कुनै फरक पर्दैन ।

सर्वोच्च अदालतको टोलीले कार्कीको घरमा उनको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गर्ने आदेशको म्याद तामेल गरेको छ । दसैंअघि नै म्याद तामेल गर्न खोजे पनि पटक–पटकको अवरोध खेपेको सर्वोच्चको टोलीले काठमाडौं महानगरपालिका वडा नं १० का सचिव सरिता राईको रोहबरमा मंगलबार दिउासो कार्कीको घरमा म्याद तामेल गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !